Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेशसभा सदस्य बस्नेतले लिइन् शपथ

शुक्रबार, मंसिर ९, २०७९

मोरङ - प्रदेश-१ को सांसदमा नियुक्त भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् ।

प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश-१ सांसदमा नियुक्त भएकी हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो ।

एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्