Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्डोनेसियामा डुंगा समुन्द्रमा डुब्दा १५ जना बेपत्ता

शुक्रबार, मंसिर ९, २०७९

जाकर्ता - इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरू गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

उद्धार कार्यमा खटेका अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरू आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान बिदीले दिएको जानकारीअनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरू १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरू जीवितै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरूले जनाएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्