Nic Ad Nic Ad
Nic Ad Nic Ad

परिवारै सखाप पार्ने मादी घटना : हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

शुक्रबार, मंसिर ९, २०७९

संखुवासभा - परिवारै सखाप पाने गरी भएको संखुवासभाको मादी हत्याकाण्डमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ ।

मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पाँच जनामध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाइएको छ ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार पाँच जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । मृतक परिवारको राहत कोषमा चार जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको छ । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो ।

हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्