Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा झडप (तस्वीरहरु)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– लामो समयदेखि विवाद रहेको नेपाल नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय परिसरमा झडप भएको छ । प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको पुरानो तदर्थ समितिले आरोप लगाएको छ । सर्वोच्च अदालतको आदेशलगत्तै गत आइतबारदेखि हतियारसहितका प्रहरीले कार्यालय परिसरमा रहेको र यसले गर्दा काम गर्न समस्या भएको भन्दै तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिना र महासचिव दीपेन्द्रराज ढकालले हस्तक्षेप बन्द गर्न अपिल गरेका छन्। ‘हतियार सहित तैनाथ भएको प्रहरीले हामीलाई कार्यालय प्रवेशमै रोक लगाए,’ सोसाइटीको तदर्थ समितिका अध्यक्ष तिम्सिनाले भने। स्वार्थ समूहबाट प्रभावित भई प्रहरीले हस्तक्षेप गरेको उनीहरूको आरोप छ । सरकारले असार १ गते सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति गठन गर्ने निर्णय गरे पनि पुरानो समितिले सर्वोच्च अदालतलमा रिट दायर गरेपछि सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । यो फैसलापछि प्रहरीले कार्यालय परिसरमा प्रहरी तैनाथ गरेको सरकारको यो कदमले अदालतलको अपहेलना भएको अध्यक्ष तिम्सिनाले जनाए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तिम्सिना नेतृत्वको तदर्थ समितिलाई एक वर्षको अवधि दिएर विधान संशोधन गर्ने र अधिवेशन तोक्ने जिम्मा दिएको थियो। तर नयाँ सरकारले समितिलाई तोकिएको जिम्मेवारी पूरा गर्न नदिएको भन्दै सर्वोच्चमा रिट दायर गरेपछि जिम्मेवारी पुरा गर्न रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि कात्तिक २८ र २९ मा विधान संशोधन अधिवेशन आयोजना गरेकोमा सरकारले हस्तक्षेप गरी अधिवेशन सम्पन्न हुन नदिएको, फेरि पुस १७ मा बिधान अधिवेशन र पुस २९ र ३० मा निर्वाचन अधिवेशन गर्ने तय गरेपनि सरकारले अवरोध गरेको र उक्त समिति विघटन गरी सरकारले सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको थियो। यसविरुद्ध पनि पूर्वसमितिले अदालतमा रिट दायर गरेपछि सर्वोच्चले सरकारलाई नयाँ निर्णय लागु नगर्न आदेश दिएको थियो । सरकारले जेठ ३१ गते पुनः तदर्थ समिति गठन गरेको थियो । उक्त निर्णयविरुद्ध पुनः रिट परेपछि सर्वोच्चले असार १६ गते तेस्रो पटक अन्तरिम आदेश दिएको र त्यस लगत्तै प्रहरी हस्तक्षप सुरु गरेको तिम्सिनाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्