Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ - शेयर बजार लगातार दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अङ्कले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा समेत कमी आएको छ । २२९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०५
प्रतिक्रिया दिनुहोस्