कामपालाई इन्धन खर्च अपुग, साढे ३ करोड थपियो
काठमाडौ - काठमाडौं महानगरपालिकाले इन्धन खर्च नपुगेको भन्दै ३ करोड ५० लाख बजेट थप गरेको छ । महानगरपालिकाको नगर कार्यपालिकाको बैठकमा ‘बजेट थपको प्रस्ताव’ पास भएको हो ।
कार्यपालिका बैठकबाट पास भएपछि अब यसलाई नगरसभाबाट पारित गरिने छ । चालु आर्थिक वर्ष ०७८/०७९ मा इन्धनका लागि विनियोजित बजेट गत चैतमा नै सकिएको थियो । त्यसपछि महानगरले तीन महिनाका लागि ३ करोड ५० लाख रकम थप्ने प्रस्ताव अघि बढाएको थियो ।
मेयर बालेन्द्र शाहले उक्त प्रस्ताव पढेर सुनाउँदै पास गर्नका लागि कार्यपालिका बैठकमा प्रस्तुत गरेका हुन् । उक्त बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तर गरेर मिलाइने जनाइएको छ । कुल बजेटको २५ प्रतिशतसम्म नगर कार्यपालिकाबाट पास हुने व्यवस्था अनुसार उक्त प्रस्ताव पेश गरिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:५८
प्रतिक्रिया दिनुहोस्