अश्लिल शीर्षक राखी युट्युब च्यानल चलाएको भन्दै एक जना पक्राउ
काठमाडौँ - अश्लिल शीर्षक राखी युट्युब च्यानल सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका-७ का २२ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार बौद्ध तिनचुलेबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ । उनले फोर रियल टिभी नामको युट्यूब च्यालन चलाउँदै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१०
प्रतिक्रिया दिनुहोस्