२७ हजार नेपाली नक्कली नोट सहित दुई युवकलाई पक्राउ
काठमाडौंः प्रहरीले नेपाली नक्कली नोट सहित दुई युवकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सर्लाहीको बसबरीया गाउँपालिका बस्ने २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गङ्गा कुमार यादवलाई नियन्त्रणमा लिएको हो।
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ चेकपोइन्टमा चेक गर्ने क्रममा सर्लाहीबाट आउँदै गरेको ना ३४ प ५५७० नम्बर मोटरसाइकलमा आएका उनीहरूको साथमा नक्कली नोट भेटिएको हो।
प्रहरीले उनीहरूको साथबाट एक हजार दरको २७ वटा नोट फेला पारेको हो।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४, परिच्छेद(२२ को मुद्रासम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१०
प्रतिक्रिया दिनुहोस्