Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सरस्वतीकली’ र ‘लक्ष्मीकली’ गर्भिणी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका दुई वटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षमा रहेका आठ वटा हात्तीमध्ये दुई वटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षमा सात वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जको जङ्गलमा रहेको पुरानो जङ्गली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताए । उनले यस आरक्षमा साढे दुई वर्षदेखि ७० वर्षका हात्ती रहेको बताए । दुई हात्तीले तीन महिनापछि बच्चा पाउन लागेको हो ।

केही महिनाअघि कोशी टप्पु वन्यजन्तु आरक्षमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जङ्गली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षका प्रमुख रामचन्द्र खतिवडाले बताए । आरक्षमा हात्तीको संख्या बढ्दै गए पनि माहुतेको दरबन्दी नभएको गुनासो गरे ।

प्रमुख खतिवडाले सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षलाई हात्तीको ब्रिडिङ सेन्टरको रूपमा विकास गर्नुपर्ने बताए । उनले जङ्गली हात्तीले प्रदेश १ मा समस्या सिर्जना गरे पनि त्यसलाई रोक्न प्रदेश र सङ्घीय सरकारले योजना नबनाएको बताए ।

आरक्षमा आठ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षमा ७० वर्षकी अम्बिकाकली जेठी हात्ती भए पनि उसले अहिलेसम्म कुनै बच्चा जन्माएकी छैन । आरक्षमा अम्बिकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली र उत्तरिगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन् । हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्