अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ हालसम्मै उच्च दरमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले बढेपछि बुधबार अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी बनाएको हो। यसअनुसार बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । जसका कारण नेपाली मूल्य अहिसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्री दर १२७ रुपैयाँ ३० पैसा छ ।
यस्तै, युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ८९ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ११ पैसा र बिक्री दर ८६ रुपैयाँ ५२ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।