Nic Ad Nic Ad
Nic Ad Nic Ad

साहस : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
छात्रवासको छतमा बसेर केही केटाहरु गफ गरिरहेका थिए । यदि यो भवनमा आगो लाग्यो भने र निस्कने बाटोहरु आगोको मुस्लोले ढाकियो भने बाहिर कसरी निस्कने होला ? एउटा केटाले प्रश्न गर्‍यो । प्रश्न सुनेर सबै केटाहरु त्यसको जवाफ सोच्न थाले । छिटो भन, प्रश्न सोध्ने केटाले भन्यो । सोच्न त देऊ न । अर्कोले जवाफ दियो । यदि आगो यति नजिक आइसकेको हुन्छ कि तिमीहरुले सोच्ने समय नै पाएनौ भने के गर्छौ ? त्यो वेलामा हामी आफ्नो धोती कतै बाँधेर झुण्ड्याउँछौँ र त्यसैको सहारामा झर्छौं । उनीहरुमध्येको एकले जवाफ दियो । हैन, यसो गर्न पनि समय लाग्छ । अर्को केटाले सोध्यो, उसोभए तिमी नै बताऊ न त के गर्ने ? एक छात्रले आफू हामफाल्ने तयारी गरे जसरी भन्यो म यसरी तयार भएर तुरुन्तै छतबाट हाम फाल्नेछु । यति भन्दै ऊ छतबाट हामफाल्यो । सबै केटाहरु दुर्घटनाको आशंकाले तल सडकतिर दौडिए तब ऊ दौडदै उनीहरु भएतिर आइरहेको थियो । यो सब देखेर उनीहरुको आश्चर्यको सीमा रहेन जब उनीहरुले देखे कि छतबाट हामफाल्ने मानिस भारतका सच्चा सपूत बाल गंगाधर तिलक थिए । साभार :‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्