सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु
सर्लाही– सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छन् ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।
उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२४
प्रतिक्रिया दिनुहोस्