सुनको भाउ एकै दिन १६ सयले घट्यो
काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) सुनको भाउ १६ सयले घटेको छ । अघिल्लो दिनको भन्दा सुन तोलामा १६ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य बुधबार तोलामा एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबारको भन्दा चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । अघिल्लो दिन चाँदी तोलाम ५ रुपैयाँले बढेर कारोबरा मूल्य एक हजार एक २ सय ५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको सुनको मूल्यमा पुनः घटेको छ । मंगलबार प्रतिऔंस १८१०.९४ डलर रहेको सुन बुधबार प्रतिऔंस १७६७. ०३ डलरमा कारोबार भइरहेको छ । मंगलबार प्रतिऔंस २०.१७ डलर रहेको चाँदी बुधबार प्रतिऔंस १९.१६ डलर छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३६
प्रतिक्रिया दिनुहोस्