जङ्गल गएकी महिलालाई सामुहिक बलात्कार गरी भारत भागेका भाट पक्राउ
बाँके - बाँकेको सोनपुरस्थित गिजरा सामुदायिक वनमा महिलालाई बलात्कार गरेर भारत भागेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जोहरु भाटलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।
२०७० भदौ ७ गते भएको उक्त घटनाका अभियुक्त भाटलाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरिसकेको छ ।
३४ वर्षीय जोहरु भाटसहित दुई जनाले सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई एक्लै फेला पारी सामुहिक बलात्कार गरेका थिए । २०७८ असार १४ गते अदालतले उनलाई ७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । कैद भुक्तानका लागि उनलाई बुधबार अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२२
प्रतिक्रिया दिनुहोस्