पूर्व मिस नेपाल सदीक्षाले कसिन् लगनगाँठो
काठमाडौं—सन् २०१० की पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी छन् । यो जोडीले एक वर्षको प्रेम सम्बन्धलाई मंगलबार गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा विवाहमा रुपान्तरण गरेका हुन् । उनीहरुले नेवारी परम्परा अनुसार विवाह गरेका थिए ।
उनीहरुको विवाहमा दुवैका परिवारका अलावा, आफन्त, साथीभाइ तथा पूर्व मिस मलिना जोशी, सुगारिका केसीको उपस्थिति थियो । राहुल पेशाले जिम व्यवसायी हुन् ।
सदीक्षा केही समय अघि डान्सिङ स्टार्स नेपालको होस्ट थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२८
प्रतिक्रिया दिनुहोस्