Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री शर्माविरुद्ध युथ कङ्ग्रेस प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको बर्खास्ती माग गर्दै युथ कङ्ग्रेसले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले उनीहरुलाई धरपकड गरेर नियन्त्रणमा लिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई स्वार्थ समूहको इशारामा करको दर हेरफेर गरिएको भन्दै शर्मालाई बर्खास्त गर्न माग गर्दै आज (बुधबार) सिंहदरबार दक्षिण गेट अगाडि युथ कङ्ग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्फी आलोचना भइरहेको छ । फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार