Nic Ad Nic Ad
Nic Ad Nic Ad

निवर्तमान अध्यक्ष तिम्सिना पक्षले रेडक्रसमा तोडफोड गर्‍यो : नेपाल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ– नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले अनाधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ । बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले मंगबलबार तोडफोड गरेको आरोप लगाए । निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उनले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताए । सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष तिम्सिना अदालत गएका थिए । उक्त सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोसाइटीका अध्यक्ष नेपालले यस बिषयमा अदालतले गर्ने निर्णय मान्य हुने समेत बताए । पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०६
प्रतिक्रिया दिनुहोस्