काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टीकर हस्तान्तरण
काठमाडौँ– नेपाल प्रहरी श्रीमती संघले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टीकरण हस्तान्तरण गरेको छ ।
बुधबार ट्राफिक प्रहरी कार्यालयमा संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीलाई जनसचेतनामुलक स्टीकर हस्तान्तरण गरेकी छन् ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोशीले यातायात व्यवसायीहरुसंगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा स्टीकर टाँसिने बताए। उनले अहिले लेन थपेर मात्रै ट्राफिक समस्या समाधान नहुने भन्दै जनचेतना आवश्यक रहेको बताए ।
त्यस्तै श्रीमती संघकी अध्यक्ष सिंहले यौन तथा महिला हिंसा अन्त्य गर्न प्रहरीले गरेको काममा श्रीमती संघले पनि सहकार्य गर्न खोजेको बताइन् ।
स्टीकर हस्तान्तरण संगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाटै सवारी साधानमा महिला हिंसा सम्बन्धी जनसचेतनामुलक स्टीकर टास्न सुरु गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०६
प्रतिक्रिया दिनुहोस्