अर्थमन्त्रीलाई बोल्न दिइएपछि एमालेले गर्यो संसद् बैठक बहिष्कार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संसद् बैठक बहिष्कार गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन शुरु गर्न थालेपछि एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
एमालेको माग अनुसार नै अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरे पनि एमाले सांसदहरु संसद् बैठक छाडेर बाहिरिएका हुन् ।
संसद् बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दरलगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई रोस्ट्रम प्रयोग गर्न नदिने बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३४
प्रतिक्रिया दिनुहोस्