Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री शर्माद्वारा राजीनामा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै मन्त्री शर्माको आलोचना भएको थियो । राजिनामाको घोषणा गर्दै शर्माले भने- “म एउटा होइन, हजारौं छानबिनका लागि तयार छु।” बजेट निर्माणका क्रममा कुनै गलत काम नगरेको जिकिर गर्दै उनले भने- “मन्त्रीमाथि छानबिन गर्न यसअघि पनि छानबिन गर्न संसदीय समिति गठन भएका छन्, कसैले राजीनामा दिएका छैनन्, ममाथि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थ मन्त्रीबाट राजीनामा दिएको घोषणा गर्दछु।” अर्थमन्त्री शर्माले आफूलाई सिसिटीभी फुटेजको क्षमता बारे कुनै पनि जानकारी नभएको बताए । “मैलै सीसीटीभी डिलिट गरेको छैन । यो प्राविधिक कुरा भएकोले मलाई यसबारे केही पनि थाहा छैन, शर्माले भने, सभामुख महोदय कुन सीसीटीभीकाे क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु? कति वर्ष पहिले राखेको सिसिटिभीबारे मलाई कसरी थाहा हुन्छ ?” नयाँ आर्थिक वर्षको बजेट तयार पार्ने क्रममा असमबन्धित ब्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको र उनीहरूले भनेअनुसार निश्चिन ब्यापारिक घरानालाई फाइदा पुग्नेगरि करको दर हेरफेर गरेको आरोप लाग्दै आएपनि शर्माले राजिनामा नदिने बताउँदै आएका थिए । पछिल्लो समय उक्त दिनको मन्त्रालयको भिडिओ माग गर्ने नागरिकलाई अर्थ मन्त्रालयले भिडिओ डिलिट भएको बताएपछि मन्त्री शर्मा फेरि बिबादमा तानिएका थिए । त्यसपछि उनलाई राजिनामा दिन र उनीमाथि छानबीन गर्न चाैतर्फि दबाब परेको थियो । उनीमाथि छानबिन गर्न बुधबार प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ। ११ सदस्यीय समितिलाई छानबिन गर्न १० दिनको समय दिइएको छ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३८
प्रतिक्रिया दिनुहोस्