इन्भर्टरको ब्याट्री लामो समय टिकाउन यी उपाय अपनाऔँ
काठमाडौँ– बिजुली नियमित नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा इन्भर्टर राख्ने गरिन्छ । तर कतिपयले यसको ख्याल नराख्नाले इन्भर्टर बिग्रने गर्दछ । तपाईँको पनि घर वा कार्यालयमा भएको इन्भर्टरको ब्याट्री समयभन्दा अगाडि नै सकिन्छ भने थप समस्या देखिनु अगाडि नै सचेत हुन जरुरी छ ।
यदि तपाईँ आफ्नो इन्भर्टरले लामो समयसम्म काम गरोस् भन्ने चाहनुहुन्छ भर्ने यसको ख्याल कसरी राख्ने भन्नेबारेमा तपाईँलाई जानकारी हुन जरुरी छ । त्यसको लागी यी कुराहरूमा ध्यान दिन सकिन्छ ।
इन्भर्टरमा पानीको मात्रा जाँच गर्ने
यसकोलागि सबैभन्दा पहिला ब्याट्रीको वाटर लेबल चेक गर्नु पर्दछ । यसमा ‘डिस्टिल्ड वाटर’को प्रयोग गरिन्छ यो समय समयमा सकिँदै जान्छ । त्यस कारण इन्भर्टरमा समय समयमा पानी परिवर्तन गरिरहनुपर्दछ । मात्रा कम भएको खण्डमा ‘डिस्टिलरी वाटर’ थप्नुपर्दछ ।
ओभर लोडदेखि बच्ने
कहिले पनि ब्याट्रीको क्षमताभन्दा धेरै प्रयोग गर्नु हुँदैन । समयसँगै जब ब्याट्री पुरानो हुनै जान्छ तब त्यसको क्षमता पनि घट्दै जान्छ ।
टर्मिनलको सरसफाइमा ध्यान दिने
व्याट्रिको टर्मिनलको सरसफाइमा ध्यान दिने गर्नु पर्दछ । ब्याट्रीमा दुई वटा टर्मिनल हुन्छन् जहाँबाट करेन्टको लागि तार जोडिने गर्दछ । यसमा फोहोर लागेमा ब्याट्रीमा यसले नराम्रो असर गर्ने गर्दछ । त्यस कारण यसको समय समयमा सरसफाइ गरिरहनु पर्दछ ।
हावा जान दिनुपर्छ
कतिपय मानिस इन्भर्टर र ब्याट्रीलाई कुनै एक ठाउँमा राख्ने गर्दछौँ । जसको कारण हावा जान सक्दैन । यस्तो अवस्थामा इन्भर्टर तातिन्छ र बिग्रन सक्छ । इन्भर्टरको ब्याट्री लामो समय टिकाउन यी उपायहरू अपनाउन सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३७
प्रतिक्रिया दिनुहोस्