Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थ मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री देउवालाई

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् । बुधबार संसद् बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने गरी तोकेको जनाएको छ । शर्मा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका थिए । माओवादीले शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने तयारी गरेको छ । बुधबार संसद् भवन बाहिर माओवादी नेता वर्षमान पुनले आरोप पुष्टि नभए फेरि शर्मा नै अर्थमन्त्री बन्ने बताएका थिए । आजै शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार