Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँच पोखरीमा बाढीले क्षति पु¥याएका र जोखिममा रहेका बस्ती स्थानान्तरणको काम सुरु

शुक्रबार, मंसिर ९, २०७९
सिन्धुपाल्चोक– यही असार १ तथा त्यसपछि आएको बाढीका कारण क्षति पुगेका बस्ती स्थानान्तरणको काम सुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा याङ्ग्री लार्के खोलामा आएको बाढीबाट प्रभावित भएकाको स्थानान्तरणको प्रक्रिया सुरु भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेषगरी याङ्ग्री, सुनचौर, माइखर्क, भाङ्च्युङ र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढीपीडितलाई यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनःनिर्माण प्राधिकरणमा पहल गरेको थियो । भौगर्भिक अध्ययनबाट १६९ घरपरिवारलाई स्थानान्तरणका लागि लाभग्राही कायम गरिएको गाउँपालिकाले जनाएको छ । जसमा पुनःनिर्माणका लागि १३ र प्रबलीकरण अर्थात मर्मतका लागि दुई गरी जम्मा १८४ जना लाभग्राही कायम गरिएको अध्यक्ष लामाले जानकारी दिए । बाढी प्रभावितले जग्गाको व्यवस्थापन गर्न सकेमा यही महिनाभित्र पुनःनिर्माणका लागि सम्झौता गरी प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार