Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयोग भन्छ– एक चरणमा गरौँ, प्रहरी भन्छ– दुई चरणमा गरौँ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रहरी प्रधान कार्यालयले आम निर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । तर, बुधवार निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेका हुन् । यद्यपी, प्रहरी प्रधान कार्यालयले केही दिनअघि केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव गरेको नेपाल प्रहरीले जनाएको छ । आयोगले निर्वाचनको मिति ताेक्नु अघि नै प्रहरी प्रधान कार्यालयले सुरक्षाका कारण दुई चरणमा निर्वाचनको मिति घोषणा गर्न गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समितिलाई सुझाव दिएको थियो । सुरक्षा चुस्त राख्नका लागि दुई चरणमा निर्वाचन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव गरेकाे छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्