Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोटोपन घटाउनु छ, तर कसरी ?

शुक्रबार, मंसिर ९, २०७९
आवश्यक भन्दा धेरै मोटो हुनु अहिलेका अधिकांश मानिसको समस्या हो । पछिल्लो समय उमेरको अनुपातमा मानिसहरु धेरै मोटो हुँदै गइरहेका छन् । तर मोटोपन स्वास्थ्यका लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यका लागि फाइदाजनक मानिंदैन । मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् । मोटोपन कसरी घटाउने भन्ने धेरैको चिन्ता हुन्छ । तर तौल घटाउनु भन्दा पहिला कति तौल घटाउने भन्नेमा निश्चित हुनु पर्दछ । त्यसपछि संकल्प लिएर तौल घटाउने अनुशासनमा बस्नु पर्छ । साथै तलको टिप्स अपनाएमा पनि तौल घटाउन सकिन्छ । तौल घटाउने सहायक टिप्स : - शारीरिक व्यायाम मोटोपन घटाउने सबैभन्दा प्रभावकारी उपाय हो । - शाहकारी खानेकुरामा क्यालोरी कम र फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्दत गर्छ । - खानामा अनिवार्य सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ । - छिटोमा सातामा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खाँदा मोटोपन घटाउन सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार