सिंघिया खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला
मोरङ - मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ ।
सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार खोलाले मानिसलाई बगाइरहेको देखेपछि बिहान ७ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । खोलाबाट बाहिर निकालेर शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याउने तयारी गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनसार शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३७
प्रतिक्रिया दिनुहोस्