Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार शुक्रबारदेखि सोमबारसम्म बन्द रहने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–  नबिल बैंकका सम्पूर्ण बैंकिङ कारोबार भोलि शुक्रबारदेखि सोमबार विहानसम्म बन्द रहने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु गर्नका लागि कारोबार बन्द गर्न लागिएको हो । जसअनुसार नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले असार २७ गतेबाट नबिल बैंकको प्रादेशिक तथा शाखा कार्यालयका रुपमा कारोबार गर्नेछन् । दुबै बैंकको तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि भोलि शुक्रबार कार्यालय समयपछि सोमबार विहान कार्यालय समय अगाडिसम्म बैंकको सम्पूर्ण सेवा तथा कारोबार बन्द रहनेछ । तर उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४९
प्रतिक्रिया दिनुहोस्