Nic Ad Nic Ad
Nic Ad Nic Ad

के घर के डेराका लागि सर्‍यो परस्त्री

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ले बुधवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन रिलिज मिति घोषणा गरेको छ । गत साता छायांकन सकिएको फिल्म आगामी कात्तिक ६ मा रिलिज हुनेछ । निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको फिल्म ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको हो। यसअघि ‘परस्त्री’ कात्तिक ६ मा रिलिज हुने भनिए पनि अब यो फिल्म फागुन १९ मा प्रदर्शन हुनेछ । शर्मिलाले जेठो छोरा दीपेन्द्रको फिल्मका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् । ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको फिल्मका लागि प्रदर्शन मिति छाडेको हुँ ।’ उनले भनिन् । ‘परस्त्री’मा शर्मिलाका छोरा सुरज पाण्डेको निर्देशन छ । ‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३०
प्रतिक्रिया दिनुहोस्