बच्चा स्याहार्न सिक्दै रणवीर
मुम्बई– रणवीर कपूर र आलिया भट्टले हालैमात्र आफूहरु आमाबाबु बन्न लागेको खबर सार्वजनिक गरे । यो जोडीलाई सेलिब्रेटीदेखि फ्यानसम्मले बधाई दिइरहँदा कतिपयले रणवीरले कसरी बच्चा स्याहार्लान् भन्ने चासो पनि देखाए ।
सायदै त फ्यानको यही चासोलाई पुरा गर्नका लागि रणवीरले बच्चा स्याहार्न सिकेका छन् । उनलाई टेलिभिजनकी अनुपमा अर्थात रुपाली गांगुलीले बच्चा स्याहार्ने प्रशिक्षण दिएकी हुन् ।
रणवीर आजकल आफ्नो प्रत्येक अन्तरवार्तामा आफू राम्रो पिता बन्न चाहेको बताइरहेका छन् । आफ्नो सन्तानको स्याहारसुसारमा कुनै कमि नहोस् भन्ने उनको चाहना छ । त्यहीकारण पिता बन्ने तालिम उनले आमा नितुबाट नभई अनुपमाबाट लिएका हुन् ।
रणवीर गत आइतबार स्टार परिवार अवार्डमा आफ्नो फिल्म ‘शमशेरा’को प्रमोसनका लागि पुगेका थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक सानो बच्चालाई रणवीरले काँधमा राखेर हिँडेको देख्न सकिन्छ ।
–दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२९
प्रतिक्रिया दिनुहोस्