Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोलिटब्यूरोमा प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि एक घण्टाका लागि माओवादी बैठक स्थगित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् । प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । ३४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४१
प्रतिक्रिया दिनुहोस्