निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई काम गर्न दिन सर्वोच्चको आदेश
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशमा भनिएको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७९–३–९ को पत्र हाललाई कार्यान्वयन नगर्नू, नगराउनू, निवेदकलाई नियुक्ति पत्रमा उल्लिखित पदमा पूवर््वत् काम गर्न दिनू, दिलाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’
मन्त्रालय असार ९ गते कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको थियो। उनको ठाउँमा दिपुराज ज्वारचनलाई वायुसेवा निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिइएको थियो।
त्यसका विरुद्ध कार्यकारी अध्यक्ष अधिकारी सर्वोच्च पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा दुवै पक्षलाई असार २८ गते छलफलका लागि बोलाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२६
प्रतिक्रिया दिनुहोस्