Nic Ad Nic Ad
Nic Ad Nic Ad

चोटका कारण विम्बल्डनको सेमिफाइलनबाट बाहिरिए नाडाल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– पेटको चोटका कारण कीर्तिमानी राफेल नाडाल विम्बल्डनको सेमिफाइनलबाट बाहिरिएका छन् । शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेली नाडाल बाहिरिएका हुन् । बुधबार भएको क्वार्टरफाइनल खेलमा पनि उनी चोटका कारण निकै संघर्षका साथ खेलिरहेका थिए । चोटका बाबजुद नाडालले उक्त प्रतिस्पर्धामा पाँच खेल खेल्दै टेलर फिट्जलाई पराजित गरेका थिए । नाडाल बाहिरिएसँगै किर्गियोस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष लगातार अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जित्दै नाडाल कीर्तिमानी २२औं पटक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनेका थिए । विम्बल्डन जित्दै ग्रान्डस्लाम उपाधि संख्या २३ पुर्‍याउने उनको लक्ष्य थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्