Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि 'गोली प्रहार', अस्पताल भर्ना

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि 'गोली प्रहार' भएको छ । पश्चिमी जापानको नारा सहरमा भाषण गरिरहेका बेला उनीमाथि गोली हानिएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । भाषण गर्दा गर्दै  ढलेका उनलाई लगत्तै अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो । अन्तराष्ट्रीय सञ्चारमाध्यमले उनकाे अवस्था 'गम्भीर' रहेको उल्लेख गरेका छन् । आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ । एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका क्रममा दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्