यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागी अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ १ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ६५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ९० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७७ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६७ पैसा र बिक्री दर ३३ रुपैयाँ ८३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३९
प्रतिक्रिया दिनुहोस्