Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेस ब्लाइण्डनेसबाट पीडित छन् ब्राड पिट

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स–हलिउड अभिनेता ब्राड पिटले हालैमात्र आफ्नो अवकाश योजनालाई लिएर अभिव्यक्ति सार्वजनिक गरेका थिए । ब्राडको नाम विश्वकै सबैभन्दा लोकप्रिय अभिनेताको सूचीमा पर्दछ । तर यी अभिनेता भने अहिले एक गम्भीर रोगसँग जुधिरहेका छन् । यो कुराको खुलासा ब्राडले नै गरेका हुन् । जुन खुलासाले उनका फ्यान निरास भएका छन् । ब्राडका अनुसार उनी ‘फेस ब्लाइण्डनेस’ रोगबाट पीडित छन् । उनले यो रोगका कारण अन्य मानिसको अनुहार चिन्न छोडेको खुलाएका छन् । जसलाई प्रोसोपेग्नोसिया भनिन्छ । ब्राडले सन् २०१३ मा यो रोगका विषयमा जानकारी दिएका थिए । तर कसैले उनको यो कुरामा विश्वास गरेनन् । ‘मानिसहरु मैले उनीहरुलाई अनादर गरेको सम्झन्छन्, तर वास्तविकता त्यो होइन । म कसैको अनुहार चिन्दिनँ’, उनले भनेका छन् । उनले आफूले चाँडै नै यो विषयमा स्वास्थ्य परीक्षण गराउन लागेको जानकारी दिएका छन् । उनी हालका दिनमा घरमा नै बसिरहेका छन् । –एबीपीलाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्