एकअर्काका भए नीता र हरिहर
काठमाडौं–अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा नजिकका आफन्त तथा साथीभाईलाई मात्र बोलाइएको छ ।
चार वर्षको प्रेमलाई पूर्णता दिँदै दुवैले आज विवाह गरेका हुन् । नीताले केही दिन अघि नजिकका साथीलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबारमात्र उनले मेहेन्दी तथा संगीत समारोह गरेकी थिइन् ।
विवाहपछि उनले आइतबार सोही होटलमा भव्य पार्टी दिँदैछिन् । उनको पार्टीमा बलिउड अभिनेता तथा ‘गजनी’ फेम्ड भिलेन प्रदीप रावत पनि नेपाल आउने चर्चा छ । बिहेलगत्तै हरिहर र नीता दुवै जना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’को काममा लाग्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२८
प्रतिक्रिया दिनुहोस्