सव इन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता
वीरगञ्ज- दुई दिनअघि सेवाग्राहीबाट एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका सहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका सव इन्जिनियर रुपेश दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरिएको छ ।
उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । सेवाग्राहीसँग घुस लिइरहेको पूर्व सूचनाको आधारमा प्रहरी टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले प्रहरीले नै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव दिएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको एसपी बस्नेतले जानकारी दिए ।
मनवास्थित सव डिभिजन वन कार्यालयको भवनको मूल्याङ्कन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०५
प्रतिक्रिया दिनुहोस्