ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३६
प्रतिक्रिया दिनुहोस्