एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव
काठमाडौँ - सत्तारुढ एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकामा सांसद सरला यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निणर्य गरेको हो । त्यस्तै, सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई दिइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै, बैठकले पार्टी संगठन विस्तार गर्ने निणर्य पनि गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । आगामी संघ र प्रदेशको निर्वाचनको तयारी गर्ने निणर्य पनि गरिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४६
प्रतिक्रिया दिनुहोस्