अभिनेता चियान विक्रम अस्पताल भर्ना
मुम्बई– साउथ अभिनेता चियान विक्रम छातीमा समस्या देखिएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना भएका छन् । विक्रम मणिरत्नमको ‘पोन्नियिन सेलवन’मा प्रमुख भूमिकामा छन् ।
समाचारअनुसार उनको छातीमा समस्या देखिएपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो । विक्रमको स्वास्थ्यलाई लिएर अनेक किसिमका ट्वीट आए पनि आधिकारिक तथ्य बाहिर आएको छैन ।
कैयौंले उनलाई हृदयघात भएको दाबी गरेका छन् । तर डाक्टर, अस्पताल या विक्रमको टिमको तर्फबाट आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
केहीले उनलाई केहीदिन देखि ज्वरो र छातीमा दुखाई भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ ।
–नवभारत टाइम्स
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०४
प्रतिक्रिया दिनुहोस्