Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । साथै यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्