काठमाडौँ महानगरको बजेट पारित
काठमाडौँ - काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
आज (शुक्रबार) बसेको महानगरको नगरसभामा सदस्यहरुले सुझाव पेस गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, वृद्धभत्ता, सडक लगायतका विषयमा कुरा उठाएका थिए । काठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३७
प्रतिक्रिया दिनुहोस्