Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप चार जनामा हैजा, बिरामी संख्या २७ पुग्याे

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ - काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताए । थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको संख्या २७ पुगेको छ । उनका अनुसार कागेश्वरी मनहरा-६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्