मन्त्रिपरिषद बैठक: कान्छा सगरमाथा आरोही तामाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
काठमाडौँ– बिहीबार निधन भएका कान्छा सगरमाथा आरोही शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
दुई महिनादेखि क्यान्सर रोगबाट पीडित तामाङको हिजो बिहान क्यान्सर हस्पिटल ललितपुरमा निधन भएको थियो ।
सिन्धुपाल्चोक घर भएका तामाङले १९७३ मे ५ तारिखका दिन १८ वर्षकै उमेरमा सगरमाथा आरोहण गरी गिनिजबुकमा नाम लेख्न सफल भएका थिए । त्यतिबेला उनको १७ वर्ष ६ महिना १५ दिन उमेर रहेको थियो ।
यसअघि मन्त्रिपरिषद बैठकले उनको उपचारमा सहयोग गर्ने निर्णय गरेको थियो ।
हिजो निधन भएपछि राष्ट्रिय सम्मान दिने निर्णय गरिएको हो । तामाङको अन्त्येष्टि सोमबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३६
प्रतिक्रिया दिनुहोस्