Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरको बजेट पारित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । बजेट पारित भएसँग काठमाडौं महानगरको नगरसभाको ११ औँ अधिवेशन आजबाट सकिएको छ । ५ असारबाट सुरु भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० ले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव ८ असारमा बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । १० असारमा सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए । बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४) गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक वर्ष २०७९र०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो । सभा पेश भएको आर्थिक विधेयक १७ असारमा बसेको चौथो बैठकबाट पारित भएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:१५
प्रतिक्रिया दिनुहोस्