जम्मू–कश्मीरस्थित अमरनाथ गुफा नजिकैबाट अचानक आएको बाढीमा परी १० जनाको मृत्यु
काठमाडौँ– भारतको जम्मू–कश्मीरस्थित अमरनाथ गुफा क्षेत्रमा शुक्रबार साँझ अचानक भारी वर्षा सँगै आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ ।
तीन महिलासहित १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै केही मानिस बेपत्ता भएको समेत बताइएको छ । साँझ साढे पाँच बजेको समयमा उक्त घटना भएको र त्यसबेला उक्त क्षेत्रमा १० देखि १५ हजार श्रद्धालु रहेका थिए ।
पवित्र धार्मिकस्थल गुफादेखि करिब दुई किलोमिटर दुरीको पहाडबाट अचानक तीव्र गतिमा बाढीले श्रद्धालुहरुले बास बस्न लगाएको टेन्टहरु बगाएको जानकारी दिइएको छ ।
उद्धारकर्मीको टोलीले पानीको बहाव नघट्दा उद्दार कार्यमा प्रभावित भएको बताएका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले स्थानीय प्रशासन राहत तथा उद्धार कार्यमा जुटेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१४
प्रतिक्रिया दिनुहोस्