Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज (शनिबार) नेपालमा राष्ट्रिय शोक मनाइँदैछ ।

सरकारले आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

जापानको नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको अवस्थामा शुक्रबार बिहान पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते भएका आबेको उपचारका क्रममा निधन भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्