Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल र नेपाल बंगलादेश बैंकको सेवा सोमबार पनि प्रभावित हुने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा थप एक दिन प्रभावित हुने भएको छ । यसअघि नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार सुचारु हुने जानकारी दिएको थियो । तर, नेपाल सरकारको सालतमामी परेको कारण सरकारी राजश्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकाले समायोजन (डाटा माइग्रेसन) कार्य ढिला हुन गई असार २७ गते सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द हुने सूचना प्रकाशित गरिएको छ ।

दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि मिति असार २४ गते शुक्रबार कार्यालय समयपछि मिति असार २७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने जानकारी दिइएको थियो । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने ।

त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने असार २३ गते बिहीबार कार्यालय समय पश्चात असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडिसम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने सूचित गराइएकोमा अब थप एक दिन सेवा प्रभावित हुने भएको हो ।

उक्त समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ।

असार २७ देखि नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।

दुवै बैंकको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:१५
प्रतिक्रिया दिनुहोस्