घर बाहिर ठूलो माकुरा देखेर आत्तिएकी महिलाले गुहारिन् प्रहरी, तर...
अचानक ठूलो आकारको माकुरा देखिए मानिसको हालत के होला ? यस्तै भयो एक महिलाको साथमा । उनले घर अगाडि माकुरा देखेर सबैलाई सहयोग मागिन् । कतिसम्म भने उनले ९९९ डायल गरेर प्रहरीको समेत सहयोग मागिन् ।
एक महिला घर बाहिर ठूलो आकारको माकुरा देखेर यसरी आतिइन् कि उनले सहयोगका लागि धेरैलाई फोन लगाइन् । तर कसैले उनलाई सहयोग गरेनन् । अन्तत हार मानेर उनले प्रहरीलाई घर अगाडिको ठूलो माकुरा भगाइदिन आग्रह गरिन् । तर प्रहरीले पनि मानेनन् ।
फोन कल
बेलायतको वेस्ट योर्कशायर प्रहरीलाई ती महिला सहयोगको अपिल गर्दै ९९९ मा फोन गरेकी थिइन् । तर प्रहरीले भने उनलाई सहयोग नगर्ने बतायो । प्रहरीले उनलाई फोनमा माकुरा निकाल्न प्रहरी तपाईंको घर आउन सक्षम छैन भनेर जवाफ दिएको थियो । प्रहरीले उल्टै सामाजिक सञ्जालमा माकुरा छ भनेर प्रहरीलाई फोन गर्नु अनुचित हुने भन्दै ती महिलालाई कारबाही गर्नुपर्ने तर्क गरेको छ ।Please don't ring 999 if there's a spider in your house. This is just one example of an inappropriate call that we've had to our 999 emergency line. On average, we receive 120 calls a day to our 999 line that are not a life or death emergency. One is too many.@WYP_Contact pic.twitter.com/ykzwmRhvGR
— West Yorkshire Police (@WestYorksPolice) July 4, 2022
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्