जब अठोट अटल हुन्छ : एक प्रेरक प्रसङ्ग
मेक्सिम गोर्कीका पिता धेरै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दै उनी गोर्कीलाई पिट्थे । गोर्की पढ्न चाहन्थे तर उनका पिता उनलाई जति बेला पनि काममा लगाउन चाहन्थे । ताकि उनले पढ्नमा पैसा खर्च नगरुन् ।
गोर्की केही समयसम्म सबै कुरा सहेर बसे तर उनको पढ्ने इच्छा दिनदिनै बढ्दै गइरहेको थियो । साथै बाबुले पिट्ने डर पनि थियो । यस्तोमा बालक गोर्कीले एउटा उपाय खोजे । उनले एउटा कवाडी पसलमा नोकरी गरे ।
कवाडी पसलमा हजारौँ पुस्तकहरु आउँथे, उनी आफ्नो खाली समयमा दुई चार वटा पुस्तक लिएर पढ्न बस्थे । यसो गर्दा बाबुको पैसा पनि खर्च भएको थिएन । तर गोर्कीले किताबबाट केही बुझ्न सकिरहेका थिएनन् । जसको दृढनिश्चय हुन्छ ऊ कसरी चुप लागेर बस्न सक्छ ?
गोर्की आफूले नबुझेको कुरा कवाडी या पसलमा आउने जाने ग्राहकलाई सोध्थे । बिस्तारै बिस्तारै उनलाई अक्षरको, फेरि शब्दको र अन्त्यमा अर्थका ज्ञान भयो । उनले आफ्नो विचार एउटा समाचारपत्रमा छाप्नको लागि पठाए । सम्पादकले बधाइपत्र पठाएपछि उनी नयाँ उत्साहले लेखन कार्यमा लागे ।
यसको परिणाम के निस्कियो थाहा छ तपाईंहरुलाई ? कवाडीको पसलमा नोकरी गर्ने ती युवकले एउटा आमा नामको पुस्तक लेखे जुन संसारको सर्वश्रेष्ठ पुस्तकमा एक हो ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्